News Portal

सूर्य ग्रहण शुरू

रातोपोस्ट संवाददाता
९९३ पटक

काठमाडौं : नेपाललगायत भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, चीन र अष्ट्रेलियाबाट एकै साथ सूर्य ग्रहण देखिएको छ। सन् २०१९ को अन्तिम सूर्यग्रहण अहिले लागिरहेको छ।

आज विहान  ८ बजेर ४२ मिनेटमा देखिने ग्रहण ११ बजेर ३१ मिनेटमा समापन हुनेछ। सन् २०१९ मा सूर्य ग्रहण तेस्रो पटक लागेको हो।

यसअघि ६ जनवरीमा पहिलो र २ जुलाईमा दोस्रो सूर्यग्रहण लागेको थियो। ती दुवै खण्डग्रास सूर्यग्रहण थिए।  अर्को सूर्यग्रहण २१ जुन २०२० मा लाग्ने जनाइएको छ।

ग्रहण खुल्ला वा चस्मा लगाएर पनि हेर्न हुँदैन। ग्रहणको बेला सूर्यको प्रकाश सिधै आँखामा परेमा सधैँका लागि आँखाको ज्योति गुम्ने खतरा हुने छ।

प्रतिकृया दिनुहोस्