News Portal

सरकारको निर्णयमा कांग्रेस प्रवक्ताको टिप्पणीः बेमौसमी बाजा नबजाऔँ

रातोपोस्ट संवाददाता
३५४ पटक

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिक दल सम्बन्धी नयाँ अध्यादेश ल्याउन सरकारले गरेको निर्णयमाथि कटाक्ष गरेका छन्।

उनले अहिले कोरोना भाइरसमाथि विजय हासिल गर्ने बेला भएको भन्दै अरु सबै गौण हुनुपर्ने बताएका छन्।

‘संसारकै अहिलेको प्रधान प्राथमिकता कोरोनामाथि विजय हासिल गर्ने हो। नेपालका लागि पनि यतिबेला अन्य सबै विषय गौण छन्/गौण रहनुपर्छ’ शर्माले सामाजिक सञ्जाल ट्वीटरमा भनेका छन्, ‘हाम्रो सम्पूर्ण सोंच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकतापूर्वक समर्पित रहनैपर्छ।’

आज बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजनका लागि विद्यमान प्रावधानलाई खुकुलो पार्नेगरी अध्यादेश ल्याउने निर्णय गरेको थियो।

यस अघि दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलका ४० प्रतिशत सदस्य हुनुपर्ने प्रावधान थियो।

सरकारले त्यसलाई खुकुलो पार्दै  केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा ४० प्रतिशत सदस्य भए दल विभाजन गर्न सकिने गरी अध्यादेश ल्याउने निर्णय गरेको थियो।

निर्णयपछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र तरंग पैदा भएको छ। आजै  नेकपाको सचिवालय बैठक बोलाइएको छ।
`
बेमौसमी बाजा´ नबजाऔं !

संसारकै अहिलेको प्रधान प्राथमिकता कोरोनामाथी विजय हासिल गर्ने हो l नेपाल देशका लागिपनि यतिबेला अन्य सबै बिषय गौण छन् / गौण रहनुपर्छ l हाम्रो सम्पुर्ण सोच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकतापुर्वक समर्पित रहनैपर्छ l

जय नेपाल !
— Bishwa Prakash शर्मा (@bishwaprakash77)

प्रतिकृया दिनुहोस्