News Portal

सर्वोच्चको आदेश – बामदेवलाई राष्ट्रियसभा सदस्यका रुपमा काम नगराउनू

रातोपोस्ट संवाददाता
४०३ पटक

काठमाडौं, असोज ७ । सत्तारुढ दल नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका रुपमा थप जिम्मेवारी नदिन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

बुधबार सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमलाई राष्ट्रिय सभा सदस्यको रुपमा काम नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको हो। न्यायाधीश भट्टराई नेतृत्वको इजलासले गौतमलाई मुद्दाको अन्तिम किनारा नलागेसम्म कुनै पनि संवैधानिक जिम्मेवारी नदिन आदेश गरेको छ।

साथै अदालतले गौतमको राष्ट्रियसभा सदस्यमा योग्यता पुगेको वा नपुगेकोबारेमा असोज १४ गते संवैधानिक इजलासमा सुुनुवाइ गर्न आदेशमा भनेको छ।

प्रतिकृया दिनुहोस्