News Portal

मानव तस्करहरू सिमा क्षेत्रमा सक्रिय, सिमा नाकाबाट तीन युवतीको उद्धार

रातोपोस्ट संवाददाता
९७६ पटक

मेचिनगर, २० असोज। विभिन्न प्रलाेभन देखाएर आफ्नै साथीले भारततर्फ लैजाँदै गरेकाे अवस्थामा  झापाकाे सिमा नाका काकडभिट्टा क्षेत्रबाट तीन युवतीको उद्धार गरी माइती नेपालमा राखिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टा र माइती नेपालकाे सहकार्यमा उनीहरुको उद्धार गरी माइती नेपालमा राखिएकाे इप्रका काकडभिट्टाका डिएसपी राजेन्द्र पाेखरेलले जानकारी दिए।

उद्दार गरिएका   युवतीहरु सुनसरी, झापाकाे  गौरादह नगरपालिका र गोरखा घर भई हाल  भत्तपुर बसाेबास गर्ने युवती रहेकाे माइती नेपालले  जनाएको छ । १८ बर्ष उमेर समूह रहेका तीनै जनालाई आफ्नै साथीले भारतको पानीटंकी दिदीको घर भएको र साेही स्थानमा जागिर लगाईदिने प्रलोभनमा पारेर सीमा क्षेत्रसम्म बोलाएको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले बताए ।

उनीहरु सोमबार साँझ सीमाक्षेत्रमा घुम्ने बहाना बनाएर भारततर्फ जान लागेको अवस्थामा काँकडभिट्टाबाट उद्धार गरिएको र  कोरोना महामारीको भयावह अवस्थामा समेत मानव तस्करहरु सीमा क्षेत्रमा सक्रिय रहेको  घिमिरेले बताए ।

प्रतिकृया दिनुहोस्