News Portal

पछिल्लो २४ घण्टामा थप ३ हजार १६७ जनामा काेराेना पुष्टी, १२ जनाकाे मृत्यु

रातोपोस्ट संवाददाता
५४३ पटक

काठमाडाैँ, ०१ कात्तिक । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार १६७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने १२ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या एक लाख २९ हजार ३०४ पुगेको छ भने कोरोनाले मृत्यु हुनेको संख्या ७२७ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार  नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ पुगेको छ भने अहिले संस्थागत आइसोलेशनमा १३ हजार २९९ जना र होम आइसोलेशनमा २५ हजार ४३८ जना रहेका छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार ७१५ जना रहेका छन्।

यस्तै शनिबार १८०० जनाले काेराेना जितेर डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ८९ हजार ८४० पुगेको छ। यो कुल संक्रमितको ६९ दशमलव चार प्रतिशत हो।

प्रतिकृया दिनुहोस्