News Portal

धुलिखेल अस्पतालमा कोरोना संक्रमित उपचारका लागि न्युनतम ५० हजार धरौटी राख्‍नुपर्ने

कोरोना उपचारका नाममा धुलिखेल अस्पतालको लुट, ५० हजारदेखि दुई लाखसम्म धरौटी जम्मा गरेपछि मात्रै भर्ना गरीने सुचना

रातोपोस्ट संवाददाता
६०३ पटक

काभ्रे , ५ कात्तिक। काभ्रेकाे धुलिखेल अस्पतालले कोरोना भाइरस (काेभिड-१९) संक्रमित विरामीहरूका लागि कम्तिमा ५० हजार धरौटी रकम बुझाएर मात्र अस्पतामा  भर्ना गर्नुपर्ने सूचना निकालेको छ ।

धुलिखेल अस्पतालले कात्तिक ३  गते सुचना जारी गर्दै नेपाल सरकार , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे कात्तिक २ गतेकाे निर्णयअनुसार शुल्क स्वयं बिरामीले व्यहोर्नुपर्ने भन्दै भर्ना हुनुअघि अस्पतालको नगद शाखामा धरौटी राख्नुपर्ने बताएकाे छ।

सूचनामा सामान्य लक्षण भएका बिरामीले ५० हजार धरौटी राख्नुपर्ने, मध्य जटिल बिरामीले १ लाख र जटिल बिरामीको उपचारका लागि २ लाख धरौटी राख्नुपर्ने जनाइएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कात्तिक २ गतेदेखि सरकारले तोकको लक्षित समूह बाहेकका सबै व्यक्तिको परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने निर्णय गरेको थियो । यो निर्णय धेरै अस्पताहरुले कार्यान्वयनमा ल्याइसकेका छन् ।

आर्थिक रुपमा विपन्न, अशक्त तथा असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंत्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मचरी, सुरक्षाकर्मी लगायतको मात्रै सरकारले निःशुल्क परीक्षण र उपचार गर्ने मन्त्रालयले जनाएको छ । जसमा कुनै बीमा कम्पनीबाट कोरोना बीमा गरेको भएमा परीक्षण र उपचार बीमा रकमबाट काटिने छ ।

प्रतिकृया दिनुहोस्