News Portal

विर्तामोडमा एमसीसीविरुद्ध एकीकृत समाजवादीको प्रदर्शन

रातोपोस्ट संवाददाता
७६३ पटक

झापा, १ फागुन । नेकपा एकीकृत समाजवादीका भातृ संगठनले एमसीसी सम्झौताको खारेज गर्न भन्दै झापाकाे विर्तामोडमा विरोध प्रदर्शन गरेका छन् ।

कार्यक्रममा युवा संघका केन्द्रिय सचिव प्रतुष राना मगर, लेखक तथा साहित्यकार पुण्यप्रसाद खरेल, अनेमसंघका जिल्ला अध्यक्ष हरिमाया मैनाली र अनेरास्ववियुका नेता युसन लामिछानेले सम्बाेधन गरेका थिए ।

आइतबार पार्टी निकट भ्रातृ संगठनहरूले एमसीसीविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरूले एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौं, एमसीसी खारेज गरौं, ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप मुर्दावादलगायतका प्लेकार्डसहितको नारा लगाएका थिए । र्‍यालीसहित प्रदर्शनमा उत्रिएका नेकपा एकिकृत समाजवादी पार्टीका कार्यकर्ताले एमसीसी अनुमोदन गरे राष्ट्रघात हुने भन्दै सम्झौता खारेज गर्नुपर्ने बताए । अनेरास्ववियुका नेता युसन लामिछानेले पनि बोलेका रहेछ्न

प्रतिकृया दिनुहोस्