News Portal

देशको स्वाधिनताकाे निम्ति बलिदान दिन तयार : सुमनसिंह

रातोपोस्ट संवाददाता
६४७ पटक

इलाम, ११ फागुन । नेपाल कम्युनिस्ट पार्टी इलामले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को विरोधमा जिल्लाका ४ स्थानमा मशाल जुलुस सम्पन्न गरेको छ । इलाम सदरमुकाम, माइ नगरपालिका, रोङ्ग गांउपालिका र चुलाचुलिमा सम्पन्न मशाल जुलुसमा जिल्लाका नेताहरुले सम्बाेधन गरेका थिए ।

माइ नगरपालिकाको मशाल जुलुस पछिको कोण सभामा बोल्दै नेपाल कम्युनिस्ट पार्टिका केन्द्रीय सदस्य तथा इलाम जिल्लाका इन्चार्ज सुमनसिंहले देश निक्कै अप्ठ्यारोमा परेको बताउँदै राष्ट्रिय स्वाधिनताको निम्ति आफुहरु बलिदान गर्न तयार रहेको बताए । उनले साम्राज्यवादीहरुले तयार गरेका नेपाली दलालहरुले संसदबाटै देश अमेरिकालाई बुझाउन लागेको यो बेला सम्पुर्ण देशभक्त नेपाली जनताको मनमा बिद्रोहको आगो सल्किएकाे बताउँदै यो आगोलाई राष्ट्रिय प्रतिरोध युद्धमा बदलेर अगाडि बढ्न पार्टी तयार रहेको बताए ।

देशभक्तहरुले नेपाल कम्युनिस्ट पार्टिलाई नै हेरेर राष्ट्र रक्षाको अपेक्षा राखेको स्मरण गर्दै जनताको अपेक्षा पूरा गर्न पार्टी र नेतृत्व सधै तयार रहेको बताए । उनले यो जागरण आन्दोलन भएको हुनाले निरन्तर संघर्षमा आउन सबै युवाहरुलाई अपिल गरे, उनले यही जागरण आन्दोलन बिस्तारै भीषण मुक्ति संग्राममा बदलिदैं जाने बताए ।

इलाम सदरमुकामको मशाल जुलुसमा जिल्ला सदस्य तथा इलाम नगर इन्चार्ज बिमलले बोलेका थिए, रोङ्गमा जिल्ला सदस्य तथा रोङ्ग इन्चार्ज प्रकाश र चुलाचुलीमा जिल्ला सदस्य हुकुमले बोलेका थिए । माइ नगरपालिकाको मशाल जुलुसको सञ्चालन जिल्ला सेक्रेटरी मौसमले गरेका थिए ।

प्रतिकृया दिनुहोस्