News Portal

होलिबेलद्वारा नृत्य प्रतियोगिताका विजेतालाई सम्मान

रातोपोस्ट संवाददाता
४९० पटक

झापा, २३ फागुन । प्रदेश नम्बर १ स्तरीय लोक नृत्य प्रतियोगितामा विजेता बनेको झापा धुलाबारीको होलिबेल अंग्रेजी माध्यमिक विद्यालयका नृत्यकार विद्यार्थीहरुलाई आइतवार विद्यालयमा सम्मान गरिएको छ । बुधवार सुनसरीको धरानमा सम्पन्न प्रतियोगितामा प्रदेश १ का २९ वटा विद्यालयलाई पछि पार्दै होलिबेलले उपाधी माथि कब्जा जमाएको थियो । उपाधीसँगै होलिबेलले नगद ३० हजार, प्रमाणपत्र र ट्रफी प्राप्त गरेको थियो । विद्यालयको प्रतिनिधित्व गर्दै गएका विद्यार्थीहरुले प्रथम स्थान हासिल गर्दै विद्यालयको गरिमालाई अझ उचाइमा पुरयाएको भन्दै विद्यालयमा आयोजित एक विषेश समारोहमा उनीहरुलाई सम्मान गरिएको हो ।

नृत्य टोलीमा १० जना विद्यार्थी सहभागि थिए । जसमा अनुष्का धिमाल, जस्टिना श्रेष्ठ, बिनिशा इङ्नम, सारिका भुजेल, नानुमा आङ्देम्बे, निशा धिमाल, सगुन तोलाङ्गी, प्रभा बाग्दास, कृतिका तोलाङ्गी र रोश्नी शाह सहभागि भएका थिए । साथै नृत्य प्रशिक्षकमा प्रितम सम्बाहाम्फे रहेका थिए । उनीहरुलाई विद्यालयका संस्थापक अमृता प्रधान, प्रिन्सिपल अरिस्ता प्रधान, भाइस स्कुल इन्चार्ज सुरज कार्कीलगायतले विद्यार्थी तथा प्रशिक्षकलाई सम्मान गर्नु भएको थियो । प्रतियोगितामा उत्कृष्ट कोरियोग्राफको उपाधी समेत होलिबेलका नृत्य निर्देशक प्रितम सम्बाहाम्फेले प्राप्त गरेका थिए ।

बिगत ७ वर्षदेखि नृत्यमा उत्कृष्ट प्रर्दशन गर्दै आएको होलिबेलले नगर, क्षेत्र तथा जिल्लामा दर्जनौ पटक उत्कृष्ट बनिसकेको छ । मेचीनगर क्षेत्रमा पढाइसँगै अतिरिक्त क्रियाकलापमा अब्बल रहेको होलिबेल नृत्य, खेलकुद, साहित्यलगायतका विधामा पनि उत्तिकै अग्रपंतिमा रहेको छ ।

प्रतिकृया दिनुहोस्