News Portal

रंगेली नगरपालिकाका मेयर र उपमेयर नै एमाले प्रवेश

रातोपोस्ट संवाददाता
३८२ पटक

विराटनगर, २५ फागुन ।नेकपा (माओवादी केन्द्र) त्यागेर नेकपा (एमाले) प्रवेश गरेका मोरङको रंगेली नगरपालिकाका मेयर दिलीपकुमार बगडिया (अग्रवाल) ले राजनीतिक सहमति र स्वार्थ नभई विकासको नेतृत्व गर्न सक्ने एकमात्रै दल एमाले भएकाले आफू एमाले प्रवेश गरेको बताए।

रंगेलीमा भएको विकास निर्माणको कामलाई नगरबासीले समीक्षा गर्नुपर्ने बताउदै उनले नगरको विकासका लागि अझै धेरै काम गर्न बाँकी रहेको बताए।मेयर बगडियासहित उपमेयर केशवकुमारी खराल, रंगेली १, ५ र ७ नम्बरका वडाध्यक्षलाई ओलीले पार्टी प्रवेश गराएका थिए। माओवादी र एमालेको एकता टुटेपछि बगडिया एमालेसँग नजिकिएका थिए। एमाले प्रवेश गर्न लागेपछि हिजो माओवादी केन्द्रले मेयर अग्रवाललाई कारबाही गरेको थियो।

बगडिया ०७४ सालको स्थानीय निर्वाचनमा माओवादीबाट निर्वाचित बनेका हुन्। उनलाई माओवादीले पार्टी बाट निष्कासन गर्दै दुई महिनापछि रिक्त हुन लागेको मेयर पदबाट हटाउन निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको थियो।

माओवादी केन्द्रका बैठक छल्दै आएका उनलाई माओवादीले स्पष्टीकरण सोधेको थियो। तर, उनी आफू पार्टीमा प्रतिबद्ध रहेको जवाफ दिँदै आएका थिए। विभिन्न दल परित्याग गरेका चार हजार सात सय १० जनालाई पार्टीमा प्रवेश गराइएको एमालेले जनाएको छ।

प्रतिकृया दिनुहोस्