News Portal

सामुदायिक प्रहरी सेवा केन्द्रको अध्यक्षमा पाठक चयन

रातोपोस्ट संवाददाता
३९८ पटक

झापा,२६ फागुन । झापाको भद्रपुरमा सामुदायिक प्रहरी सेवा केन्द्रको चौथो साधारणसभा सम्पन्न भएको छ । भद्रपुर वडा नं. १० स्थित सामुदायिक प्रहरी सेवा केन्द्रको चौथो साधारणसभा सम्पन्न भएको हाे । चौथो साधारण सभाले अध्यक्षमा अध्यक्ष दुर्गाप्रसाद पाठक निर्वाचित भएको नरेश सञ्जेलले जानकारी दिएका छन ।

त्यस्तै, सामुदायिक प्रहरी सेवा केन्द्रको उपाध्यक्ष मिरा अधिकारी (सञ्जेल), बाबुराम कार्की, सचिबमा धनप्रसाद शिवाकोटी, सह– सचिबमा निता बस्नेत र कोषाध्यक्षमा गणेशप्रसाद पौडेल चयन भएका छन् । चौथो साधारण सभाले १३ सदस्य समिति निर्माण गरेकाे छ ।

कार्यक्रमको प्रमुख अतिथी नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) विश्वमणि पोखरेलले गरेका थिए । विषेश अतिथिमा भद्रपुर नगरपालिका- १० का वडा अध्यक्ष टेकबहादुर खड्का (काजी) रहेका थिए । त्यसेगरि अन्य अतिथिहरुमा नेपाली काग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेल, माओवादी केन्द्रका नगर इन्चार्ज नरेश सञ्जेल लगायत रहेकाे थियाे । कार्यक्रमकाे अध्यक्षता ज्ञानु चौहानले गरेका थिए भने सञ्चालन डम्बरबहादुर वनकाे रहेकाे थियाे ।

प्रतिकृया दिनुहोस्