News Portal

झापामा होली पर्वका नाममा जथाभावी गरे पक्राउ गर्न आदेश

रातोपोस्ट संवाददाता
६६१ पटक

झापा, ३ चैत । जिल्ला प्रशासन कार्यालय झापाले होली पर्वका नाममा जथाभावीरुपमा गैरकानुनी कार्य गरेमा तत्काल पक्राउ गरी कारबाही गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय झापाले बिहिबार सार्वजनिक सुचना जारी गर्दै कसैको इच्छाविपरीत फोहोर पानी फाल्ने, काेही कसैकाे इच्छा विपरीत रङ्ग दल्ने, मादक पदार्थ सेवन गरि सवारी चलाउने, सार्वजनिक स्थलमा हाेहल्ला गर्ने , कसैकाे निजी तथा सार्वजनिक जीवनमा असर पर्ने खालका अवञ्छित गतिविधि गरे कारबाही गर्ने भनेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्याैपानेले यसबारेमा सार्वजनिक सुचना जारी गर्दै कानुनले बन्देज लगाएका क्रियाकलाप नगर्न अनुरोध गरेका छन् । यस्ता कार्य गरेमा कानुनबमोजिम कारबाही गरिने उनको भनाइ छ ।

सांस्कृतिक पर्व होली मनाउने क्रममा व्यक्तिको धार्मिक तथा सांस्कृतिक मूल्य मान्यतामा आँच आउने कुनै पनि कार्य नगर्न आह्वान गर्दै होली मनाउँदा सामाजिक दुरी कायम गरि हाेली पर्व मनाउन आह्वान गरेको छ ।

प्रतिकृया दिनुहोस्