News Portal

धुलाबारीमा दुई दिने खोज पत्रकारिता तालिम सम्पन्न

रातोपोस्ट संवाददाता
६२८ पटक

झापा, ७ चैत । झापाकाे मेचीनगरमा नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा स्थानीय सरकारका सवालमा दुईदिने खोज पत्रकारिता तालिम सम्पन्न भएकाे छ । झापाकाे धुलाबारीस्थित मेची उधाेग वाणिज्य संघकाे सभाहलमा आज दुईदिने खोज पत्रकारिता तालिम सम्पन्न भएकाे हाे ।

समापन कार्यक्रममा सहभागीहरु रीता दाहाल, अनिता विष्ट, खगेन्द्र घिमिरे र दिलिप थापाले आफ्ना अनुभूति सुनाएका थिए । सक्रिय सहभागी मध्ये विनिशा शर्मा र शिशिर चम्लागाईं पुरस्कृत गरिएकाे थियाे । पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नारी सञ्चार गृहकी निवर्तमान अध्यक्ष अम्बिका भण्डारी, महासंघकी उपाध्यक्ष सुशीला संग्रौलाले मन्तब्य राखेका थिए ।

प्रशिक्षणमा सहभागी ३५ जना सञ्चारकर्मीलाई खोज पत्रकार तथा सम्पादक मोहन मैनालीले प्रशिक्षण दिएका थिए ।महासंघका सहसचिव अर्जुन राजवंशीले सञ्चालन गरेको कार्यक्रममा कार्यसमिति सदस्य स्वस्तिका आचार्यले धन्यवाद ज्ञापन गरेकी थिइन् । महासंघ झापाका पूर्व अध्यक्ष मोहन काजी न्यौपाने, नारी सञ्चार गृहकी अध्यक्ष भीमा शिवाकोटी लगायतको आतिथ्य रहेको थियो । प्रशिक्षण सञ्चालनका लागि मेचीनगर नगरपालिकाले सहयोग गरेको थियो ।

प्रतिकृया दिनुहोस्