News Portal

माओवादीसँग तालमेल गर्दा टिकट खोसिएका दिनेश भन्छन्- प्रचण्डले माफी माग्नुपर्छ

रातोपोस्ट संवाददाता
५८८ पटक

काठमाडौं, ११ चैत्र । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले प्रचण्डले माफी माग्नुपर्ने बताएका छन्। शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

‘चितवन पुगेर प्रचण्डले चितवनका कांग्रेसले भनेर हुँदैन, केन्द्रबाटै गठबन्धन गर्छौँ भन्नुभयो,’ गत स्थानीय निर्वाचनमा कांग्रेसबाट टिकट पाएका तर माओवादीसँग गठबन्धन गर्ने भएपछि सभापति देउवाले केन्द्रबाट निर्वाचन कार्यालयलाई पत्र पठाएर कोइरालाको उम्मेदवारी फिर्ता लिन बाध्य बनाइएका कोइरालाले भने, ‘तर, २०७४ सालमा के भयो? त्यसको समीक्षा गर्नुपर्छ कि पर्दैन? ०७४ साललाई लिएर उहाँले माफी माग्नुपर्छ।’

चितवनमा पुगेका प्रचण्डले कांग्रेसका स्थानीय तहका नेता गठबन्धनको विपक्षमा भएपनि केन्द्रबाट कुरा मिलाएर गठबन्धन गर्ने अभिव्यक्ति दिएका थिए। उनले दिएको अभिव्यक्ति दम्भ मात्रै भएको कोइरालाको भनाइ छ। यस्तो बेलामा पनि गठबन्धन गरेर कहिले एक्लै लड्ने? त्यसकारण गठबन्धन गर्न हुँदैन,’ उनले भने।

दिनेश कोइरालाले २०७४ सालको कुरा निकालेपछि देउवा बम्किएका थिए। ‘एक्लै लड्दा कहाँ जित्यो? कहिले जित्यो भनेर प्रश्न गरेका थिए,’ सभापति देउवालाई उद्धृत गर्दै एक नेताले भने, ‘जहाँ जितिन्छ त्यहाँ एक्लै लड्नुस्, नभए गठबन्धन गरौँ। चुनाव पनि नजित्ने, गठबन्धन पनि नगर्ने भनेर हुन्छ? संगठन नबनाउने अनि गठबन्धन पनि नगरौँ भनेर हुन्छ?’

कोइरालाले पटकपटक चितवनलाई मात्रै मार पारिएको गुनासो गरेका थिए। यसपटक चितवनमा गठबन्धनको भारी नबोकाउन उनले आग्रह गरेका थिए। म नेविसंघ अध्यक्ष हुँदादेखि नै चितवनका बारेमा जान्दछु। कांग्रेसले चितवनमा कहिले जितेको छ? कसले जितेको छ?,’ देउवाको प्रश्न थियो।

प्रतिकृया दिनुहोस्