News Portal

सांसद बृजेशकुमार गुप्ता एमाले प्रवेश

रातोपोस्ट संवाददाता
३९६ पटक

काठमाडाै, १४ चैत्र । पूर्वमन्त्री तथा सांसद बृजेशकुमार गुप्ता औपचारिक रुपमा नेकपा एमाले प्रवेश गरेका छन् । सोमबार कपिलबस्तुमा आयोजित कार्यक्रममा गुप्तासहित विभिन्न पार्टी परित्याग गरेकाहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।

कार्यक्रममा प्रदेश सांसद धर्मबहादुर श्रीवास्तव, कपिलवस्तु नगपालिका वडा नम्बर १ का वडाअध्यक्ष सुदिप पौडेल, वडा नम्बर ४ का वडाअध्यक्ष रविन्द्र त्रिपाठी, वडा नम्बर १२ का वडाअध्यक्ष ओमप्रकाश पाण्डेय बुद्धभूमि नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नन्दलाल यादव एमाले प्रवेश गरेका थिए ।

त्यसैगरी कार्यक्रममा यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष शहबुद्धिन मुसलमान, कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ता, पूर्व उपमेयर वासुदेव कसौधन, कृष्नगरका युवा नेता कुनालप्रताप शाहलगायतका नेता–कार्यकर्ता पनि एमाले प्रवेश गरेको घोषणा गरिएको थियो ।

प्रतिकृया दिनुहोस्