News Portal

ट्रकमा मोटरसाइकल ठोक्किँदा बुद्धशान्तिमा एकको मृत्यु

रातोपोस्ट संवाददाता
३१८ पटक

झापा, १५ चैत । झापाको बुद्धशान्ति गाउँपालिका–१ पुलचोकमा सोमबार साँझ ट्रकमा ठोक्किएर मोटरसाईकल पल्टिदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक बुद्धशान्ति गाँउपालिका–४ का २५ वर्षीय अन्जन फागो रहेका छन् ।

दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा बिर्तामोड स्थित बि एण्ड सि अस्पतालमा गएराती सवा ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो साँझ पौने ६ बजे फागोले चलाएको नम्बर नखुलेको मोटरसाईकल ना ३ ख ५४ ६२ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई पल्टिएको थियो ।

प्रतिकृया दिनुहोस्