News Portal

एमाले मेचीनगरबाट छानिए उपमेयरका ३ उम्मेद्वार

रातोपोस्ट संवाददाता
५७३ पटक

झापा, २६ चैत । ने कपा एमालेका कार्यकर्ताहरुले मेचीनगरको उपप्रमुखको नाम छानौट गरेका छन । बैशाख ३० गते हुने स्थनीय तह निर्वाचनका लागि उपप्रमुखकोको उम्मेद्वार सिफारिसका लागि एमाले कार्यकर्ताहरुले मतदान मार्फत नाम छनौट गरेका हुन् । मेचीनगरमा भएको मतदान मार्फत नगर उपमेयर प्रमुखका रमा भण्डारी ढकाल, कल्पना सिटौला ओली र ऋषिराज तिम्सिनाले बढी मत प्राप्त गरेको एमालेस्रोतले जनाएको छ ।

उपमेयर पदका लागि ७ जना उम्मेद्वार रहेका थिए । एमाले जिल्ला सदस्य रमा भण्डारी ढकाल, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य एवम् एमाले जिल्ला सदस्य मोहन काजी, एमाले जिल्ला सदस्यहरु सविता दाहाल पोखरेल, कल्पना ओली सिटौला, पुष्पा भण्डारी, कृष्ण कनाल र मेचीनगर सचिवालय सदस्य एवम् मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना आकांक्षी थिए ।

प्रतिकृया दिनुहोस्