रातोपोस्ट संवाददाता
काठमाडौं, १ बैशाख । विप्लव नेतृत्वको सचिवालय सदस्यद्वय हेमन्त प्रकाश ओली र धर्मेन्द्र बास्तोलाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। उनीहरूले बिहीबार बिहानै प्रचण्डसँग भेटवार्ता गरेका हुन्।
नेकपाका अध्यक्ष विप्लव र प्रवक्ता प्रकाडले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको भोलिपल्ट अर्थात् उनीहरूले प्रचण्डलाई भेटेका हुन्।
भेटमा उनीहरूले आफ्नो पार्टीका बन्दी रिहाइ गरिदिन प्रचण्डसँग आग्रह गरेको बास्तोलाले जानकारी दिए। नयाँ वर्षको अवसरमा माओवादी अध्यक्ष र उनकी बिरामी पत्नी सीता दाहाललाई भेटेर स्वास्थलाभको कामनासमेत गरेका थिए।