News Portal

फेरि पनि वाम एकता हुनसक्छ : प्रचण्ड

रातोपोस्ट संवाददाता
३०४ पटक

काठमाडौंँ, ८ बैसाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि वामपन्थी एकता हुन सक्ने बताएका छन्। बिहीबार कैलालीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले एमाले अध्यक्ष ओलीको सामाजिक फाँसीवादी प्रवृत्तिलाई अन्त्य गरेपछि त्यस्तो एकता हुनसक्ने बताए।

यो प्रवृत्तिलाई यसपटक पूरै पराजित गर्नुपर्छ। मलाई के लाग्छ भने, अहिले परास्त गरेपछि फेरि वाम एकता हुनसक्छ। फेरि कम्युनिस्ट एकता हुन्छ। त्यो एकता माओवादीको नेतृत्वमा हुन्छ। प्रचण्डको नेतृत्वमा हुन्छ र मात्रै त्यो टिक्छ’, उनले भने।

अहिलेको गठबन्धनलाई बलियो बनाएर माओवादीलाई वामपन्थीमध्ये पहिलो पार्टी बन्न सम्भव रहेको उनको भनाइ छ। माओवादी एक नम्बर कम्युनिस्ट पार्टी बन्ने बित्तिकै फेरि कम्युनिस्टहरुको बीचमा ध्रुवीकरण हुनसक्छ। वामपन्थी एकता हुनसक्छ। फेरि गठबन्धन नयाँ शिराबाट अगाडि बढ्न सक्छ’, उनले भने।

प्रतिकृया दिनुहोस्