झापा, १४ बैशाख । झापाकाे मेचीनगर- ६ स्थित काँकरभिट्टामा सयुक्त गठवन्धनले ५ सय ५१ जनाकाे निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
बुधबार मेचीनगरकाे काँकरभिट्टामा भएकाे गठवन्धनका भेलाले वडा- ६ मा ५ सय ५१ जनाकाे निर्वाचन परिचालन समिति निर्माण गरिएकाे निर्वाचन परिचालन समितिका संयाेजक पशुराम सुबेदी (पारस) ले बताए । स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै गठवन्धन मेचीनगर- ६ वडाले निर्वाचन लक्षित गतिविधिहरु बढाउनका लागि निर्वाचन परिचालन कमिटी गठन गरिएकाे एक नेताले बताए ।
भेलाको अध्यक्षता काँग्रेस वडा- ६ का सभापति पारसले गरेका थिए भने प्रमुख अतिथि काँग्रेसका क्षेत्रीय सभापति तथा मेयरका उम्मेदार इन्द्र बुढाथाेकीले गरेका थिए । विषेश अतिथिमा प्रदेश १ का सांसद राधा थापा, अतिथिहरुमा नेकपा माओवादी केन्द्रका युवा नेता तथा उपमेयर पदका उम्मेदार प्रकाश भण्डारी (सन्जाेग) लगायतका नेताहरुकाे उपस्थित रहेकाे थियाे । कार्यक्रमकाे सञ्चालन सराेज श्रेष्ठले गरेका थिए ।