News Portal

राप्रपा बिर्तामोडको प्रतिवद्धता : भ्रष्टचार मुक्त स्थानीय तह बनाउने

रातोपोस्ट संवाददाता
६८० पटक

झापा, १६ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोडले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नगरको विकासका लागि ३४ वुँदे घोषणा पत्र सार्वजनिक गरेको छ । शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै नगरको नेतृत्व राप्रपाले लिएसंगै भ्रष्टचार मुक्त स्थानीय तह निर्माणका लागि छिटो छरितो सेवा प्रवाह गर्ने, विपन्नको पहिचान गर्ने र ६ महिना भित्र स्थानीय ऐन निर्माण गर्ने, कक्षा १२ सम्मलाई निःशुल्क शिक्षा प्रदान गर्ने लगायत लगायतका प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।

नगरमा आफ्नो उपस्थिति बलियो रहेको र जिल्लामा समेत सवै पालिकामा राप्रपाले उम्मेद्वारी दिएको प्रतिवद्धतापत्र सार्वजनिक समारोहमा पार्टीका जिल्ला अध्यक्ष केशव ओझाले बताए । बिर्तामोडमा नगर प्रमुखमा ध्रुव शिवाकोटी र उपप्रमुखमा रञ्जु प्याकुरेलसहितको उम्मेद्वारी रहेकाले उनीहरु नेतृत्वमा आएसंगै बिर्तामोड नगरको मुहार फेर्न लागि पर्ने अध्यक्ष ओझाले वताए ।

राप्रपाले सार्वजनिक गरेको प्रतिवद्धतापत्रमा सवै नागरिकलाई अनिवार्य स्वास्थ्य विमा गराइने, हरेक वडामा निःशुल्क र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हिंसामा परेका महिला तथा वालवालिकाका लागि सेफ हाउस स्थापना गर्ने लगायत रहेका छन् ।

प्रतिकृया दिनुहोस्