News Portal

१४ जिल्लाका ४४ केन्द्रको मतदान स्थगित

रातोपोस्ट संवाददाता
४१२ पटक

काठमाडौं, ३० बैशाख । स्थानीय तहको निर्वाचनमा १४ जिल्लाका ४४ वटा मतदान केन्द्रकाे मतदान प्रक्रिया स्थगित भएको छ। १४ जिल्लाका १७ स्थानीय तहको २८ मतदान स्थलका ४४ केन्द्रकाे मतदान प्रक्रिया स्थगित प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए।

राजनीति दल र उम्मेदवारबीचकाे सामान्य विवादले पनि उग्र रुप लिँदा प्रहरीद्वारा बल प्रयोग गर्नुपर्ने अवस्था आएको समेत बताए। छिटफुट बाहेक देशभर निर्वाचन शान्तिपूर्वक सम्पन्न भएको उनको भनाइ छ।

स्थगित भएको मतदान केन्द्रमा त्यहाँको वस्तुस्थिति समेतको आधारमा छिटै मतदानको प्रक्रिया अघि बढाउने उनले बताए। देशभर ६४ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको समेत बताए। अपेक्षा गरेअनुसारको मत नखसेको उनको भनाइ छ।

प्रतिकृया दिनुहोस्