News Portal

भरतपुरमा रेनु १५ सयभन्दा बढी मतले अगाडि

रातोपोस्ट संवाददाता
५७८ पटक

चितवन, ४ जेठ । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदी भन्दा अगाडि रहेकी छन् ।

पछिल्लो मत परिणाम अनुसार दाहालले ९ हजार ६ सय ३१ र सुवेदीले ८ हजार १ सय १९ मत प्राप्त गरेका छन् । दाहाल सुवेदी भन्दा १५ सय १२ मतले अगाडि रहेकी छन् ।

यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ३ सय ६० मत ल्याएका छन् । भरतपुरको अहिलेसम्म २६ हजार ६ सय २६ मत गणना भएको छ ।

प्रतिकृया दिनुहोस्