News Portal

पत्रकार उपचार कोषमा उप्रेती परिवारको एक लाख एक हजार सहयोग

रातोपोस्ट संवाददाता
३२६ पटक

झापा, २८ जेठ । झापाको कनकाई–६ चम्पापुरका चिरञ्जीवी र ईश्वरादेवी उप्रेतीले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि एक लाख एक हजार रुपैयाँ प्रदान गरेका छन् ।शनिवार चिरञ्जीवी–इश्वरादेवी उप्रेती अक्षयकोष घोषणा समारोहमा उप्रेती दम्पतीले महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी र कोषाध्यक्ष रञ्जित प्रसाईँलाई उक्त रकम प्रदान गरेका हुन् ।

अक्षयकोषका संरक्षकसमेत रहेका चिरञ्जीवी उप्रेतीले नागरिकलाई सुसूचित गराउन अहोरात्र खटिने पत्रकारहरूलाई घाइते र बिरामी हुँदा उपचार खर्च दिने पत्रकार उपचार कोषको प्रशंसा गर्दै आफ्नो तर्फबाट पनि कोषमा योगदान गर्न सहयोग गरेको बताए ।
महासङ्घका अध्यक्ष गिरीले कोषमा सहयोग गरेकोमा उप्रेती परिवारप्रति धन्यवाद ज्ञापन गरे ।चिरञ्जीवी र ईश्वरादेवी अक्षयकोषका अध्यक्ष एकराज उप्रेतीले पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको अक्षयकोषलाई लक्ष्य अनुसार एक करोडको पुर्याउन सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको बताए । झापाली पत्रकारको सामाजिक सुरक्षा र दिगो हितका लागि पत्रकार महासंघले उदाहरणीय कार्य गरेको भन्दै सहभागीले प्रशंसा गरेका थिए ।

कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशा शर्मा सिवाकोटी, कनकाई–६का वडाअध्यक्ष दीर्घ थापा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन पत्रकार राम निरौलाले गरेका थिए ।महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पुर्याउने लक्ष्य राखिएको छ । कोषको व्याजबाट पत्रकारहरू बिरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा हाल करिब ६० लाख जम्मा भएको छ ।

प्रतिकृया दिनुहोस्