News Portal

ज्येष्ठ नागरिकको अधिकारलाई थप स्थापित गर्न विधेयक : मन्त्री रेग्मी

रातोपोस्ट संवाददाता
३०६ पटक

काठमाडाैं, १२ साउन । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले ज्येष्ठ नागरिकको अधिकारलाई थप स्थापित गर्न ज्येष्ठ नागरिकसम्बन्धी पहिलो संशोधन विधेयक ल्याइएको बताएकी छन्।राष्ट्रियसभाको बिहीबारको बैठकमा उक्त बिधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै मन्त्री रेग्मीले ज्येष्ठ नागरिकप्रति परिवार र स्थानीय सरकारलाई उत्तरदायी बनाउने गरि बिधेयक ल्याइएको बताएकी हुन्।

उनले उक्त व्यवस्थाले ज्येष्ठ नागरिकको अधिकार संरक्षणमा महत्वपूर्ण योगदान हुने दाबी गरिन्। ज्येष्ठ नागरिकलाई सन्तानबाट दुर्व्यवहार तथा हिंसाका घटना बढ्दै गएको अवस्थामा ज्येष्ठ नागरिकले उजुरी गर्न नसकेमा छिमेकीले उजुरी गरेमा पनि कानुन आकर्षित हुने व्यवस्था गरिएको उनले बताए।

त्यसअघि विधेयकमाथिको छलफलका क्रममा सांसदहरुले ज्येष्ठ नागरिकलाई सन्तानबाट दुर्व्यवहार भए स्थानीय तहले सन्तान र परिवारलाई दण्डित गर्ने र संरक्षण गर्ने व्यवस्था गर्न जरुरी रहेको धारणा राखेका थिए।बैठकले ज्येष्ठ नागरिकसम्बन्धी पहिलो संशोधन विधेयक, २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधनउपर विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।

प्रतिकृया दिनुहोस्