रातोपोस्ट संवाददाता
झापा, ६ भदौ । योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल) को सचिव सहित केन्द्रीय समितिमा झापाका ४ जना निर्वाचित भएका छन् । वाइसिएलको दोश्रो राष्ट्रिय भेलाबाट प्रदेश १ का संयाेजक कर्म पुलामी मगर केन्द्रीय सचिवमा चयन भएका छन् । राष्ट्रिय भेलाले झापाबाट केन्द्रीय सदस्यमा कुमार आचार्य, अस्मिता पराजुली र दधिराम रिमाल चयन भएका हुन ।
भेलाबाट वाईसीएलको केन्द्रिय अध्यक्षमा सुवोध श्रीपाली चयन भएका छन् । राष्ट्रिय भेलाले केन्द्रीय समिति ३५१ सदस्यीय चयन गरेकाे छ । गत शुक्रबार वाईसीएलको राष्ट्रिय भेलाको उद्घाटन अध्यक्ष प्रचण्डले गरेका थिए । भेलाबाट सर्वसम्मत रुपमा श्रीपाली अध्यक्षमा चयन भएका थिए । यसअघि श्रीपाली वाईसीएलको सहसंयोजक थिए भने सुमन देवकोटा संयोजक रहेका थिए ।