News Portal

मेचीनगरमा दुर्घटनामा घाइते सिटी चालक सम्मानित

रातोपोस्ट संवाददाता
२८९ पटक

झापा, २१ भदौ । मेचीनगर टेम्पो ई-रिक्सा एन्ड अटो यातायात प्रालि प्रधान कार्यालय काँकरभिट्टाले मंगलवार एक कार्यक्रमको आयोजना गरेर दुर्घटनामा घाइते सिटी चालकलाई सम्मान गरेको छ ।

मंगलबार काँकरभिट्टा बसपार्कमा आयोजित कार्यक्रममा प्रालिले दुर्घटनामा घाइते मेचीनगर-७ निवासी सिटी चालक जंगबहादुर गुरुङलाई नगद १० हजारसहित सम्मान गरेको हो । सम्मानित सिटी चालक गुरुङ २०७८ माघ १६ गते काँकरभिट्टाबाट घर जाने क्रममा टोकला चिया बगान छेउमा मोटरसाइकलसँग ठोकिएर दुर्घटनामा परेका थिए । उनको देव्रे पटिको ९ वटै करङ भाचिएको थियो । विराटनगर स्थित नोवेल मेडिकल अस्पतालमा लामो समयको उपचारपछि निको भएर भर्खरै घर आएका थिए ।

कार्यक्रममा प्रालिका दुर्घटना उपसमितिका संयोजक एकराज तिम्सिना, सिटी चालक गुरुङ लगायतले बोलेका थिए । मेचीनगर टेम्पो ई-रिक्सा एन्ड अटो यातायात प्रालिका अध्यक्ष गणेश चौहानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत दुर्घटना उपसमितिका सहसंयोजक विवेक लिम्बुले र सञ्चालन सचिव दावा तामाङले गरेका थिए ।

प्रतिकृया दिनुहोस्