News Portal

शर्माले आचारसंहिता उल्लंघन गरेको देखिएनः निर्वाचन आयोग

रातोपोस्ट संवाददाता
२०१ पटक

झापा, ३० कार्तिक । झापा क्षेत्र नं. १ मा नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्यका प्रत्यक्ष तर्फका उम्मेद्वार विश्वप्रकाश शर्माले निर्वाचन आचारसंहिता उल्लघंन नगरेको आदेश जारी गरेको छ । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मंगलबार (हिजो )आदेश जारी गर्दै काँग्रेसका महामन्त्री समेत रहेका शर्माले मेचीनगर २ का आगलागी पिडितलाई पैसा बाँडेको भनेर परेको उजुरीलाई निर्वाचनको प्रक्रिया अगाडीदेखि नै भएको कामको निरन्तरता र मानविय सेवामा विदेशबाट पठाएको रकम हस्तान्तरण मात्रै गरेको बिषयले आचारसंहिताको उल्लंघन नभएको ठहर गर्दै उक्त बिषय तामेलीमा राख्ने आदेश दिएका छन् ।

आदेशमा भनिएको छ, ‘मिसिल, संलग्न कागजातहरु र निज विश्वप्रकाश शर्माबाट पेश भएको स्पष्टीकरण जवाफ समेतबाट निर्वाचन आचारसंहिता २०७९ विपरितको कार्य गरेको पुष्टी हुन आएको नदेखिंदा प्रस्तुत उजुरी तामेलीमा राखिदिने ठहर्छ ।’

गत बैशाखको पहिलो साता घर आगलागी भएका झापा मेचीनगर- २ का केवल निरौलाको घर निर्माणका लागि काँग्रेस उम्मेद्वार शर्माकै पहलमा अमेरिकामा रहेका नेपालीहरुबाट २ लाख ५० हजार सहयोग रकम मेची अभियानले शर्माकै उपस्थितिमा निरौलाको घरमा पुगेर हस्तान्तरण गरेको बिषयमा उजुरी परेपछि निर्वाचन आयोगले शर्मालाई स्पष्टीकरण सोधेको थियो ।

प्रतिकृया दिनुहोस्