रातोपोस्ट संवाददाता
झापा, ५ मंसिर । झापा क्षेत्र नम्बर– ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनले अग्रता बढाउँदै लगेका छन् । २ हजार मत गनिसक्दा लिङ्देनले १ हजार ३ मत र नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले ७ सय ८४ मत ल्याएका छन् । दुवैबीचको मतान्तर २ सय १९ हो ।
लिङ्देनले मतान्तर बढाउँदै लगेका हुन् । अहिले कचनकवल वडा नम्बर २, ३ र ४ र बाह्रदशी गाउँपालिका वडा नम्बर ३ र ५ को गणना हुँदैछ ।