News Portal

काँकरभिट्टा नाकाबाट भन्सार छलेर भित्राइएको २० लाखको सामान बरामद

रातोपोस्ट संवाददाता
३३९ पटक

झापा, ९ पुस । झापाको काँकडभिट्टा नाकाबाट तस्करीको माध्यमबाट नेपाल भित्राइएको करिब २० लाख मूल्य बराबरको अवैध सामान प्रहरीले बरामद गरेको छ । शनिवार बिहान साढे ८ बजे इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतो र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर-८ खँडिया बस्तीस्थित सडक छेउमा रहेको नरबहादुर कुँवरको खाली गाई गोठमा सो मुल्य बराबरको सामान बरामद गरेको हो ।

सो सामान अवैध रुपमा भारतबाट तस्करीको माध्यमबाट भित्राएर त्यहाँ ल्याएका राखेका थिए । प्रहरीले १९ पोका कपडा र २ पोका गाडीको पार्टस् बरामद गरेको हो । अन्दाजी २० लाख मूल्य बराबरको ती सामानलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्