News Portal

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

रातोपोस्ट संवाददाता
२३३ पटक

काठमाडौं, २६ पुस । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने(नदिने निर्णय लिन पार्टीको सचिवालय बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री प्रचण्डले आज(मंगलबार) बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । बैठक बिहान ११ बजे बस्दै छ ।

प्रचण्डले सत्ता गठबन्धनमा नरहे पनि एकीकृत समाजवादी र नेपाली कांग्रेसलाई विश्वासको मत दिन आग्रह गर्दै आएका छन् । कांग्रेसले पनि यसबारे निर्णय लिन आज बिहान संसदीय दल र पदाधिकारीको छुट्टाछुट्टै बैठक बोलाएको छ ।

प्रतिकृया दिनुहोस्