News Portal

राप्रपाको भागमा तीन मन्त्रालय, लिङ्देन उपप्रधान तथा उर्जामन्त्री बन्ने

रातोपोस्ट संवाददाता
२१३ पटक

काठमाडौं, २ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तीन मन्त्रालयसहित सरकारमा सहभागी हुन तयार भएको छ । सोमबार राति सकिएको सत्ता साझेदार दलहरूको बैठकमा उपप्रधानन्त्रीसहित तीन मन्त्रालय दिने सहमति भएपछि राप्रपामा सरकारमा सहभागी हुन तयार भएको हो ।

योसँगै अब सरकारमा उपप्रधानमन्त्रीको संख्या चार पुगेको छ । यसअघि ११ पुसमा एमाले, माओवादी र रास्वपाबाट एक/एकजना उपप्रधानमन्त्रीले शपथ लिएका थिए ।

राप्रपाका भागमा ऊर्जा, जलस्रोत तथा सिँचाई, सहरी विकास र युवा तथा खेलकुद मन्त्रालय परेको छ । राप्रपाले यसअघि ऊर्जाका अलवा संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा दाबी गरेको थियो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उपप्रधानसहित ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी लिने छन् । बाँकी दुई मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्नेबारे भने टुंगो लाग्न बाँकी छ ।

प्रतिकृया दिनुहोस्