News Portal

संविधान सभा सदस्य टुडुलाई मातृशाेक

रातोपोस्ट संवाददाता
२२८ पटक

झापा, २६ माघ । संविधानसभा सदस्य तथा नेकपा माओवादी केन्द्र झापामा सचिव सदस्य माेहन टुडुलाई मातृशाेक परेकाे छ । संविधानसभा सदस्य टुडुका आमा दुलारी टुडुकाे ७४ बर्षकाे उमेरमा उपचारका क्रममा आज बिहान ५ बजे प्रदेशिक मेची अञ्चल अस्पताल भद्रपुरमा निधन भएकाे नेकपा माओवादीका जिल्ला संयाेजक राजु आचार्य (अग्नी) ले जानकारी दिए ।

झापा हल्दीबारी गाउँपालिका-२ मा स्थायी बसाेबास गर्दै रहेकी स्वर्गीय टुडु धेरै समय अघिदेखि दम, प्रेसर र मुटुलगायत अन्य राेगबाट पीडित रहेकी थिइन् । उनकाे विहिवार नै आफ्नै रीतिरिवाज अनुसार स्थानीय देवनिया खाेलामा अन्त्येष्टि गरिने जनाईएकाे छ । स्वर्गीय टुडुका पतिकाे करीब ८ वर्ष अघि नै निधन भएकाे छ । स्वर्गीय टुडुका तीन छाेरा रहेका छन् ।

प्रतिकृया दिनुहोस्