रातोपोस्ट संवाददाता
झापा, २९ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा आउँदैछन्। झापाको गौरादह ५ खयरबारीबाट मोरङ जोड्ने पुलको उद्घाटन गर्न ओली आज झापा आउन लागेका हुन्। ओलीले आज गौरादह ४ स्थित डोरमारी माविको नवनिर्मित भवनको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसी कार्कीले जानकारी दिए।
अध्यक्ष ओली आज दमकस्थित आफ्नै निवासमा बस्ने र भोलि शिवसत्ताक्षी नगरपालिकाको झिलझिलेमा रहेको वाटर किङडम पार्कमा आयोजित कार्यक्रममा सहभागी हुने अध्यक्ष ओलीको सचिवालयले जनाएको छ। ओली भोलि काठमाडौं फर्किने कार्यक्रम रहेको छ।