झापा, ४ फागुन । सचिन निरौला एउटा नाम मात्रै होइन ‘अभियान’ हो । जो आफै शारीरिक रुपमा अशक्त रहेका छन् तर थाक्दैन् । झापाको मेचीनगर– २ का निरौलाका एउटा खुट्टामा समस्या छ । आफै शारीरिक रुपमा अशक्त निरौला विगत १५ वर्षदेखि अपाङ्गता भएका व्यक्तिको हक अधिकारदेखि आर्थिकस्तर उकास्नमा निरन्तर एउटा अभियान नै बोकेर हिँडेका छन् ।
उनको अगाडि कोही अपाङ्गता भएका व्यक्ति जाने बित्तिकै उनी आफ्ना काम छाडेर सहयोगका लागि आइहाल्छन् । उमेरले ३३ वर्षका निरौलाले नेपाली समाजमा उदाहरणीय काम गरेका छन् । सचिन यसरी निरन्तर अपाङ्गता भएका व्यक्तिको लागि लड्नुको पछाडि आफ्नै कथा छ ।
जन्मदैदेखि नै शारीरिक रुपमा अशक्त रहेका सचिन किशोर अवस्थामा जति बेला उनी बुझ्ने भए अनि आफु शारीरिक रुपमा ठिक नभएको बुझे । उनी सम्झन्छन्, म ८÷९ बर्षको हुँदो हो, मेरो बुवाले मलाई उपचारको लागि काँधमा बोकर हिँड्नु हुन्थ्यो, म एउटा शिक्षित परिवारको मानिस थिए । बुवाले मेरो उपचारको लागि नेपालका सबै अस्पतालमा लिएर जानु भयो तर डाक्टरले भने उपचार सम्भव नहुने बताए । बुवा निराश हुँदै घर फर्कनु हुन्थ्यो । समय र दिनहरु बित्दै गए । पछि बुबाले भारतको शिलिगुढीमा समन्वय गरेर खुट्टा ल्याएर लगाई दिनु भयो र त्यो खुटा चाँडैनै सानो भयो र लगाउन नमिल्ने भयो ।
म केहि बुझ्ने भइसकेपछि, मेरो शरिरको दाहिने एउटा खुट्टा छोटो भएकोले केहि समय हिँडेपछि ढाडको पछाडिको भाग सहन नसक्ने गरि दुख्ने गथ्र्यो । पढाइ शिलशिलामा भद्रपुर बस्दा अपाङ्गता क्षेत्रमा काम गर्न मन लाग्यो र मेचीनगरस्थित समाज सेवा सुधार युवा सघ अपाङ्ग सहयोग समितिको सह–सचिवमा बसेर काम गर्दै गर्दा साथीहरुले मेरो खुट्टा देखेपछि तपाईंलाई सहज हुने गरि नेपाल अपांग संघ खगेन्द्र नवजिवन केन्द काठमाडौंले कृत्रिम हातखुट्टा बनाउने गरेको सुनाए पछि म नेपाल अपाङ्ग संघ खगेन्द्र नवजिवन केन्द्र भद्रपुर शाखा कार्यालयमा गएर बुझे अनि उहाँहरुको सहयोग र सल्लाहमा काठमाडौ गई कृत्रिम खुट्टा लगाएर फर्के ।
समय बित्दै गयो म जस्तो दुःख पाएका अपाङ्गता भएका व्यक्तिहरु कति रहेछन् भनेर बाहुनडाँगी खोजी हिँडे यस क्षेत्रमा मात्र ५ सयको हाराहारी मैले डाटा संकलन गरे । त्यसपछि ति सदस्यहरुलाई संगठित गर्नु पर्छ भनेर २०६६ सालमा नेपाल राष्ट्रिय अपाङ्ग पुर्नस्थापना समिति संस्था निर्माण गरे त्सपछि संस्था दर्ता गरेर अगाडि बढे जसको आज बौद्धमोडमा स्व. भागिरथा रिजाल ज्युले दिनु भएको १ कठ्ठा जमिनमा आठ कोठाको भवन, एम्बुलेन्स र भृकुटीमा स्वं रामबहादुर घिमिरेले दिनु भएको १० धुर जमिन छ ।
उनले मेचीनगरस्थित बौद्धमोड हार्डवेयर पसल खोले, पसल खोलेपछि उनको व्यापार व्यवसायको क्रममा सामाजिक सेवामा लागेका बुद्धिजीवी मानिसहरुसँग भेट भयो । त्यहाँबाट उनलाई अपाङ्गता क्षेत्रमा काम गर्न झन हौसला मिल्यो र उहाँहरुका सल्लाहमानै अपाङ्गता भएका व्यक्तिहरुलाई र अपाङ्गता भएका संस्था नेपाल राष्ट्रिय अपाङ्ग पुनस्थापना समितिलाई सहयोग गर्नका निम्ति स्थानीय ज्ञानबहादुर तामाङ्गको अध्यक्षता र सामाजिक व्यक्तित्वहरु समितिमा रहने गरि ग्रामीण अपाङ्ग पुर्नस्थापना समिति गठन गरि उहांहरुको सहयोगमा अपाङ्ग क्षेत्रमा अझ धरै काम भयो र नरेन्द्र काफलेको संयोजकत्वमा पंडित मुकुन्द्र नेपालद्वारा श्रीमद् भागवत पुराण समेत गरि अन्य थुप्रै कार्यक्रमहरु भयो ।
समाजमा चाँडै घुलमिल गर्न सक्ने क्षमताका भएका सचिन कहिले यातायात व्यवसायमा आफै बस डाईभर गरेर मजदुर, आफै खेती गरेर किसान बने कहिले व्यवसायी बने त कहिले सामाजिक अभियान्ता बने अहिले उनी विभिन्न कम्पनीकासन्चलक, धेरै संघ संस्थाका आवघ र शुभ चिया किसान सहकारी संस्थाको मेनेजरको रुपमा कार्यरत रहेका छन् भने आफनो घर भएको क्षेत्रमा बृदावन धार्भिक तथा पर्यटन क्षेत्र समेत लागि परेका छन ।
उनले जिल्ला अपाङ्ग समन्मय समिति जिल्ला च्याप्टर भन्ने संस्थामा जिल्ला सदस्य भएर काम सुरु गरे । उनले यही संस्थापछि राष्ट्रिय अपाङ्ग महासंघ भयो र जिल्ला अध्यक्ष भएर अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका बारेमा काम गर्न थाले । जसको कार्यकालमा झापामा करोडौको हेरचाहका लागि उत्प्रणा भन्ने प्रोजेक्ट सन्चालन हुन सक्यो ।
अपाङ्गता भएका व्यक्तिहरु तालिम पश्चात व्यवसाय सन्चालन गर्न सकुन भन्ने हेतुले अपाङ्ग भएका व्यक्तिहरुबाट मासिक रु ५ बाट संकलन शुरु गरि २०७२ सालमा समावेशी हुनेगरि अर्थात अपाङ्गता भएका ब्यक्ति र समाजका अन्य जो कोही पनि सदस्य हुने गरि ब्रमाण्ड अपाङ्ग र महिला बचत तथा ऋण सहकारी संस्था खोले जस्को आज आफनै भवन र करिब एक करोड लगानी छ भने उनीले व्यवसाय र सेवाका लागि बौद्वमोड इङ्लिस बोर्डिङ स्कुल पनि खोलेका छन् । जहाँ अपाङ्गता भएका ब्यक्तिले भने कुनै शुल्क तिर्नु पर्दैन भने विभिन्न दाता समेत खोजी आर्थिक अवस्था कमजोर भएका हाल ७ जना नानीहरु समेत निःशुल्क अध्यान गर्दैछन् भने अन्य दाता खोजी अन्थ त्यस्ता विद्यार्थी संख्या बढाउने उनको लक्ष्य रहेको छ ।
निरौलाले भने, ‘त्यतिबेला अपाङ्गता भएका व्यक्तिहरुलाई घरबाहिर निस्कन सहज थिएन । उनीहरुलाई भेटघाट गर्नै मुस्किल थियो ।’ उनले काम गर्ने सुरुवाती चरणमा नै उनले अपाङ्गता भएका व्यक्तिहरुको लागि अपाङ्गमैत्री भौतिक संरचना हुनुपर्छ भनेर आवाज उठाउँदै आएको बताए । देशमा अपाङ्गता भएका व्यक्तिहरुको अवस्था एकदम दयनीय रहेको उनले बताए ।
त्यस लगत्तै निरौलाले झापामा अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि काम गर्दै आएका छन् । उनले यो अभियान खोलेपछि अपाङ्गता भएका व्यक्तिहरु आफै रोजगार पनि बनेका छन् । उनले अपाङ्गता भएका व्यक्तिहरुका लागि सीपमूलक तालिम, सचेतनामूलक कार्यक्रमहरु गर्दै आएका छन् । यसका लागि विभिन्न संस्था, सामाजिक व्यक्तिहरु र स्थानीय सरकारको पनि केही सहयोग गरेको उनले बताए ।
नेपाल राष्ट्रिय पुनस्थापना समिति झापाले अपाङ्गता भएका व्यक्तिहरुलाई कम्प्युटर तालिम र सिलाइ बुनाई तालिम दिएर रोजगारका अवसर प्रदान गरेको उनले बताए । हाल मात्रै धेरैसामाजिक संघ संस्थाहरुको संलग्नताका कारण हाल यस नेपाल राष्ट्रिय अपाङ्ग पुनःस्थापना समिति अध्यक्ष पद भने साथी युवराज बस्नेतलाई हस्तान्तरण गरेका छन् ।
निरौलाले भने, ‘पूर्ण शरीर नहुँदा हरेक व्यक्तिलाई पीडा हुँदाै रहेछ त्यसैले सहकारीको आयोजनमा भर्खरै देशभर रहेका अपाङ्गता भएको मानिसहरुको खुशीको लागि देशैभरिका ४ जना व्यक्तिलाई १०८ कृत्रिम हातखुट्टा नाप लिई सकेका छन् भने यहि चैत महिनामा बितरण हुने वताए । उनले नेपाल सरकारका स्थानीय तथा प्रदेश र केन्द्रको सहयोग लिई बौद्वमोडमै कृत्रिम हातखुट्टा उत्पादन उद्योग सञ्चालन गरि नेपाल भरि रहेका अपांग भएका मानिसहरुलाई उपलब्ध गराउने साथै अपांगता भएका ब्यक्तिको सहायक सामग्रीको लागि अपाङ्गता सहायक सामाग्री बैंक स्थापना गर्ने र नेपाल सरकार, विभिन्न दातासँग सहयोग संकलन गरी आवश्यक भएका ब्यक्तिलाई प्रदान गर्ने योजना सुनाए र सबैलाई यस अभियानमा जोडिन आवहान समेत गरे ।
उनले भने, आज हामी सक्षम हुदाँ नि राज्यले हामीलाई विभेद गरेको छ म सबै सवारी साधन चलाउन सक्छु तर लाइसेन्स पाएको छैन । मैले कहिले कोटाको कुरा गरिन क्षमताको कुरा गरे क्षमतालाई सम्मान गर्नुपर्छ । राज्यले अपाङ्गता भएका व्यक्तिहरुलाई दया, मायाको रुपमा मात्रै नभएर उनीहरुको क्षमता अनुसारको अवसर दिनुपर्छ ।
अन्तमा परिवार समाज विभिन्न संघ– संस्था राजनीतिक पाटी, पत्रकारलाई समेत आजका दिन सम्मको सहयोगका लागि धन्यवाद समेत प्रकट गरे ।