News Portal

काँकरभिट्टा बजार तथा यातायात व्यवस्थापन समितिको अध्यक्षमा श्रेष्ठ र सचिवमा कार्की चयन

रातोपोस्ट संवाददाता
७०७ पटक

मेचीनगर, ५ फागुन । काँकरभिटटा बजार तथा यातायात व्यवस्थापन समितिको अध्यक्षमा विष्णुकुमार श्रेष्ठ चयन भएका छन् । मेचीनगर नगरपालिका नगर कार्यपालिकाको गत माघ २३ गते बसेको बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।

त्यस्तै उपाध्यक्षमा शुरेशकुमार श्रेष्ठ, सचिवमा निरबहादुर कार्की, कोषाध्यक्षमा रिता बस्तोला चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा मेचीनगर नगरपालिका वडा नं.६ का वडाध्यक्ष ललित तामाङ, इलाका प्रहरी कार्यालय काँकरभिट्टा का प्रमुख, ट्राफिक प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख, गणेश चौहान, मोहन रिजाल, भूपाल शिवाकोटी, रामबहादुर तामाङ, भिम सुब्बा, किरण तामाङ, केशव गिरी, गंगा देवकोटा, दावा तामाङ, विशाल तामाङ, दिपेन्द्र लामा र राजकुमार सुवेदीलाई चयन गरिएको छ ।

त्यस्तै संरक्षकमा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मिना पोख्ररेल उपे्रती तथा सल्लाहकारमा निवर्तमान प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली र मेचीनगर नगरपालिकाका निवर्तमान प्रमुख विमाल आचार्य रहेका छन् ।

प्रतिकृया दिनुहोस्