News Portal

न्यू स्टार बुद्धशान्तिले उचाल्यो नवज्योति फुटबल कपकाे उपाधि

रातोपोस्ट संवाददाता
२६९ पटक

मेचीनगर ९, फायुन । न्यू स्टार बुद्धशान्तिले नवज्योति कप फुटबल प्रतियोगिता २०७९ को उपाधि जितेको छ। मेचीनगर- ३ स्थित नव ज्योति निमाविको खेल मैदानमा मगलबार भएको फाइनल खेलमा नवज्योति युवा क्लबलाई ३-० को गोलअन्तरले पराजित गर्दै न्यू स्टार बुद्धशान्तिले उपाधि हात पारेको हो। बुद्धशान्तिको जितमा जर्सी नं १७ का अनुज भट्टराई, जर्सी नं ५ का प्रशान्त लिम्बु र जर्सी नं १० लगाएर मैदान उत्रिएका आयुश राईले समान एक एक गोल गरे ।

अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । तर दोस्रो हाफमा आक्रामक रुपमा प्रस्तुत भएको बुद्धशान्तिले खेल शुरु भएको २ मिनेटमै पहिलो गोल ग¥यो । बिपक्षी टिमका गोलरक्षक अघि बढेको मौकालाई सदुपयोग गर्दै बुद्धशान्तिका अनुज भट्टराईले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए । १ गोलको अग्रता लिएको बुद्धशान्तिले खेलको ४० औँ मिनेटमा पुन अर्को उत्कृष्ट गोल ग¥यो । जुन गोल प्रशान्त लिम्बुले गरेका हुन् ।

यसबिचमा आयोजकले पनि गोल गर्नका लागि थुप्रै मौका पाएको थियो । तर मौकाको सदुपयोग भने गर्न सकेन । अन्तत खेलको ६० औँ मिनेटमा बुद्धशान्तिका आयुश राईले पुन अर्को गोल गर्दै आफ्नो टिमको जित सुनिश्चित पारे । जससगैँ बुद्धशान्तिले सानदार जितका साथ उपाधि उचाल्यो । उपाधिसगैँ बुद्धशान्तिले नगद ८१ हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेतामा सिमित बनेको आयोजकले नगद ५१ हजार ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ ।

आजको फाइनल खेलको म्यान अफ द म्याच विजेता टिमका लागि दोस्रो गोल गर्न सफल अनुज भट्टराई घोषित भए । उनले मेडल प्राप्त गरेका छन् । त्यस्तै प्रतियोगिताको सर्वाधिक गोलकर्ता विजेता टिमकै आयुश राई घोषित भए । उनले सर्वाधिक ३ गोल गर्दै बेस्ट स्कोरर अवार्डको रक्षा गरेका हुन् । प्रतियोगिताको म्यान अफ द सिरिजको अवार्ड पनि विजेता टिमकै विशाल दर्जिले प्राप्त गरेका छन् । यस्तै उत्कृष्ट गोल रक्षकको अवार्ड आयोजक टिमका गोल रक्षक देवन भुजेलले हात पारेका छन् ।

प्रदेश सांसदको प्रमुख आतिथ्यता

आजको फाइनल खेलमा प्रदेश १ का प्रदेश सभा सदस्य गोपाल तामाङको प्रमुख आतिथ्यता रहेको थियो । खेलाडीहरुलाई शुभकामना दिदैँ प्रदेश सांसद तामाङले झापालाई अन्तराष्ट्रिय स्तरमा चिनाउन खेलाडीहरुको पनि प्रमुख भुमिका रहेको बताए ।

उहाँले नवज्योति युवा क्लबको भवन निर्माणका निम्त्त प्रदेश सरकारबाट हुने सहयोगका लागि आफुले सक्दो पहल गर्ने प्रतिवद्धता पनि जनाए । फाइनल खेलमा मेचीनगर- ४ का वडाअध्यक्ष अर्जुन कार्की, मेचीनगर- ३ का अध्यक्ष हर्क बस्नेत, २ का अध्यक्ष दिपक बराल लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको स्वागत सचिव प्रमिश थापा र सञ्चालन धनराज भण्डारीले गरेका थिए । क्लब ३० औँ बर्ष प्रवेशको अवशरमा आयोजना गरिएको प्रतियोगिता भव्य रुपमा समापन भएको क्लबका अध्यक्ष सुमन थापाले बताए ।

प्रतिकृया दिनुहोस्