रातोपोस्ट संवाददाता
काठमाडौं, १२ फागुन । आठ दलले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सघाउने निर्णय भएको छ। शुक्रबार बालुवाटारमा जारी बैठकले उक्त निर्णय गरेको एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले बताए।
‘आज राष्ट्रपतिको मात्र कुरा भयो। कांग्रेसको उम्मेदवारलाई सघाउन हामी ८ दल सहमत भयौं,’उनले भने। बैठकमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीबीच छलफल भएको थियो।
शनिबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्नुपर्ने तालिका छ।