News Portal

प्रदेशको नामकरण भएको खुसीयालीमा कोशीमा बिहीबार सार्वजनिक बिदा

रातोपोस्ट संवाददाता
२२७ पटक

मोरङ, १७ फागुन । प्रदेश नम्बर १ को नाम कोशी प्रदेशको रुपमा नामकरण भएको खुसीयालीमा बिहीबार सार्वजनिक बिदाको घोषणा भएको छ ।

प्रदेश मन्त्रिपरिषद्को निर्णयअनुसार बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले नामकरण भएको उपलक्ष्यमा प्रदेशका सम्पूर्ण बासिन्दालाई बधाई ज्ञापन पनि गरेको छ ।

प्रतिकृया दिनुहोस्