News Portal

उपराष्ट्रपति निर्वाचन : रामसहायलाई उम्मेदवार बनाउने जसपाको निर्णय

रातोपोस्ट संवाददाता
२६७ पटक

काठमाडौँ, २५ फागुन । जनता समाजवादी पार्टी (जसपा) ले नेता रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले नेता यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ८ दलीय गठबन्धनमा उपराष्ट्रपति जसपाले पाउने सहमति भएको थियो । उपराष्ट्रपतिको चुनाव ३ चैतमा हुँदैछ ।

प्रतिकृया दिनुहोस्