झापा, २७ फागुन । झापाको काँकरभिट्टामा इण्डो–नेपाल भेट्रान्स कप नकआउट फुटबल प्रतियोगिता आजदेखि सुरू हुँदैछ ।
मेचीनगर–६ स्थित काकरभिट्टा खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा दार्जिलिङ टाउन भेट्रान एफसी, भारत र बिराट भेट्रान एफसी, मोरङबीच हुने आयोजक काँकरभिट्टा भेट्रान फुटबल क्लबका महासचिव शेरबहादुर बस्नेत (सुन्दर)ले जानकारी दिए ।
काकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरको सह–आयोजना तथा मेचीनगर नगरपालिकाको विशेष सहयोगमा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ ।
प्रतियोगितामा व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष गंगालाल गुरुङ्गले जानकारी दिए । उनका अनुसार नेपाल र भारतका गरी कुल १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल चैत्र ६ गतेका दिन हुनेछ ।