News Portal

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

रातोपोस्ट संवाददाता
२१० पटक

काठमाडौँ, २१ वैशाख । नवनियुक्त तीन मन्त्रीहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार मन्त्रिपरिषद् विस्तार गर्दै नेपाली कांग्रेसबाट धनराज गुरुङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बूलाई मन्त्री बनाएका थिए ।

गुरुङ कानुन न्याय तथा संसदीय मामिला, बस्नेत स्वास्थ्य तथा जनसंख्या र लिम्बू युवा तथा खेलकुद मन्त्री बनेका हुन् । उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार शीतल निवासमा पद तथा गोपनियताको शपथ गराएका हुन् ।

यससँगै वर्तमान सरकारमा कांग्रेसबाट मन्त्रीको संख्या आठ पुगेको छ भने अझै दुई मन्त्रालय रिक्त छन् । रिक्त रहेका खानेपानी र वन तथा वातावरण मन्त्रालय प्रधानमन्त्री दाहालले आफैँसँग राखेका छन् । शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे सहभागी थिए ।

प्रतिकृया दिनुहोस्