News Portal

धनिपुर्जा माग्दै मेचीनगर पुगे सुकुम्बासी

रातोपोस्ट संवाददाता
२९३ पटक

मेचीनगर, १५ भदाै । मेचीनगरका सुकुम्बासीहरू नारा जुलुससहित धनिपुर्जा माग्दै मेचीनगर नगरपालिका पुगेका छन् । आज भुमी अधिकार तथा श्रमिक संगठन नेपालले ५ बुँदे मागसहित नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

भुमी अधिकार कार्यान्वयनका लागि संगठनको केन्द्रीय समितिको निर्णयको निर्देशन अनुसार पालिकामा ध्यानाकर्षण पत्र बुझाएको संगठनका प्रदेश सचिव कृष्णराज सिग्देलले जानकारी दिए । मेचीनगर-१३ का वडाध्यक्ष समेत रहेका सिग्देलको नेतृत्वमा नारा जुलुससहित मेचीनगर पुगेका सुकुम्बासीहरुको टोलीले नगरका कार्यवाहक मेयर हृदय राजबंशीलाई ५ बुँदे मागसहितको ध्यानाकर्षण पत्र बुझाएका थिए ।

भुमीविहिन, दलित, अव्यवस्थित बसोबास गरेका सुकुम्बासीहरूलाई तत्काल धनिपुर्जा दिन माग गर्दै नगरपालिकालाई ध्यानाकर्षण गराएको सिग्देलले बताए । ५ बुँदे पत्रमा स्थानीय तहमा भुमीबिहिन सुकुम्बासी, भुमीबिहिन दलित र भुमिबिहिन अव्यवस्थित बसोबासीहरुको भुमी सम्बन्धि नापजाँच लगायतका कामलाई सम्बोधन गरी तत्काल कार्यान्वयन गर्नुपर्ने, संगठनको तर्फबाट भुमी आयोग मेचीनगर समितिमा एकजना प्रतिनिधि समावेश गर, न्यून राजस्व लिई भुमी सम्बन्धि धनीपुर्जा बितरण तत्काल लागू गर, चुरेक्षेत्र तथा सार्वजनिक ठाउँमा बसोबास गर्दै आएकालाई उचित ठाउँ ब्यवस्थापन गर र नागरिकको भुमी अधिकारको माग तत्काल पूरा गर लगायतका माग रहेकाे छ ।

कार्यक्रममा संगठनका प्रदेश सचिव सिग्देल, झापा इन्चार्ज इच्छाबहादुर मिजार, अध्यक्ष गाेलसिंह ताजपुरिया, उपाध्यक्ष दिलबहादुर विक, बिर्तामोड नगर इन्चार्ज हडम मुर्मु, नगर अध्यक्ष जयबहादुर दाहाल (मेयरसाव), उपाध्यक्ष अरूण विक, सदस्य लक्ष्मी खड्का लगायत ३०० बढिको उपस्थिति रहेकाे थियाे । केन्द्रकाे निर्देशन अनुसार आज देशैभरिकाे पालिकामा ध्यानाकर्षण पत्र बुझाइएकाे छ । नगरमा साे कार्यक्रमकाे समन्वय संगठनकाे मेचीनगर कमिटीले गरेकाे थियाे ।

प्रतिकृया दिनुहोस्