News Portal

क्यानको बन्द सत्रबाट किन गलहत्याइए लाक्पा ?

रातोपोस्ट संवाददाता
३६० पटक

काँकरभिट्टा, ६ असाेज । हामीले पनि देशका लागि खेलेको ८, १० वर्ष विना पैसामा (आशु पुच्छै) । साला चोर भ्रष्टाचारी । एसियन ग्याममा महिला खेलाडी धरी पार्टिसिपेन्ट गराउन सक्दैन, थुक्क । म बरु जग्गा वेचेर पठाइदिन्छु महिला क्रिकेट टिमलाई । मलेसिया क्रिकेट टिम खेलिरहेको छ इन्डियासंग ।

साला भ्रष्टाचारी, चोर । सब चोर हो चोर । यो देशमा केही हुँदैन, चोरै चोरले भरिएको देश हो यो । चोर, तेरो पनि दिन आउछ एक दिन । (कसैलाई लक्षित गर्दै) वैधानिकलाई दिनु पर्छ नि । जिल्लाबाट चिठ्ठी ल्याएर आएको मान्छेलाई निस्कि भन्छ । निस्कि भनेर मलाई चिठ्ठी दे न त । भन्दा पनि लिखित नोटिस दिदैन । यसलाई निकाल भन्छ । यो हो क्रिकेट संघ नेपाल ?

देशबाट ८ वर्ष देखेको छु । बिना पैसा कोचिङ गरेको छु । लेभल २ गरेको छु । अन्डर १६ एसियन गेम जिताएर आको म । यस्तो योगदान देको मान्छेलाई जिल्लावाट आउँदा निकाल्छ । वैधानिकता छैन भन्छ । माइन्यूट ल्याएर देखाउँदा पनि तेरो हैन भन्छ । निर्णय चेन्ज गर्न पाउँदैन जिल्लाले ? निर्णय त जति बेला चेन्ज गर्छ नि त । २२ गते निर्णय गरेर २६ गते चिठी पठाको छु । मलाई नोटिस नै दिदैन । आज आएर अचानक तेरो छैन भन्छ । हाम्रो प्यानलको मान्छे छैन भनेर तेसो गर्न मिल्छ ? जिल्लाको स्वतन्त्र राय छैन ?

नेपाल क्रिकेट संघ (क्यान) को चुनावी साधारण सभाको वन्द सत्रवाट शुक्रवार अपमानजनक ढंगवाट निकालिएपछि पूर्व अन्र्तराष्ट्रिय खेलाडी लाक्पा पोखेको असन्तुष्टी हो यो । झापा जिल्ला क्रिकेट संघको प्रतिनिधि बनेर चुनावमा सहभागी वन्न काठमाडौ पुगेका लामालाई क्यान अध्यक्ष चतुरबहादुर चन्दले वाहिर निकाल्न प्रहरीलाई निर्देशन दिएपछि लामाले भक्कानिदै असन्तुष्टी पोखेका थिए । चन्दले ‘प्रहरी साथीहरु तपाईहरु सक्नुहुन्न भने म थप प्रहरी बोलाउँछु भन्दै लाक्पालाई गलहत्याउन लगाएका थिए ।

झापबाट लाक्पासहित अर्का पूर्व अन्तर्राष्ट्रिय खेलाडी मनोज कटुवाल प्रतिनिधि दावी गर्दै साधारणसभामा पुगेका थिए । विवादका कारण निर्वाचन समितिले दुबैलाई चुनावमा सहभागी नगराउने निर्णय गरेपछि कटुवाल भने बैलैमा बाहिरिए । तर, लाक्पाले झापा क्रिकेट संघबाट वैधानिक रुपमा निर्णय गरी आफू प्रतिनिधिको रुपमा आएको दावी गर्दै बाहिरिन इन्कार गरेका थिए ।

क्यानको साधारण सभामाको पठाउने भन्ने विषयमा झापा क्रिकेट संघमा विवाद भएको थियो । जिल्लावाट एक जना मात्र प्रतिनिधि पठाउने प्राबधान छ । तर, जिल्ला सचिव लाक्मा र सदस्य मनोज दुवै आकांक्षी देखिएका थिए । दुवै पछि नहटेपछि कार्यसमितिमा चुनाव नै भएको थियो । कार्यसमितिमा भएको प्रतिनिधि छनोट चुनावमा मनोजको पक्षमा १३ र लाक्पाको पक्षमा दुई मत प्राप्त भएको थियो । तर, जिल्ला समितिले आधिकारिक निर्णय गर्न बाँकी रहेको अवस्थामा कटुवाल सदस्यहरुको किर्ते हस्ताक्षर गरेर प्रतिनिधिका रुपमा गएका थिए ।

कटुवालले भने अध्यक्ष प्रविन थापा र सचिव लाक्पाले एकपक्षीय ढंगले निर्णय गर्दै लाक्पालाई केन्द्रीय प्रतिनिधि वनाएर पठाएको दावी गरेका छन् । भदौ २२ गतेको बैठकको उपस्थितिमा पहिला हस्ताक्षर गराएर सचिव लाक्पाले आफूखुसी निर्णय लेखेको आरोप कटुवालको छ । जिल्ला अध्यक्ष प्रवीन थापाले वहुमत सदस्यहरुको वैधानिक हस्ताक्षर सहित लाक्पालाई प्रतिनिधि पठाउने निर्णय गरेको जनाएका छन् ।

प्रतिकृया दिनुहोस्