News Portal

बाहुनडाँगीमा तरुल उत्सव सुरु

रातोपोस्ट संवाददाता
२२६ पटक

झापा, २९ पुस । झापाकाे मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा आजबाट तरुल उत्सवको सुरुवात भएको छ । कोशी प्रदेशका पर्यटन मन्त्री गणेश उप्रेतीलेले महोत्सवको औपचारिक उद्घाटन गरेका हुन् । आफ्नो मौलिक नेपाली परम्परालाई लक्षित गरी नगरपालिकाको कार्यालयले २ दिने महोत्सवको आयोजना गरेको हो ।

महोत्सव उद्घाटनमा बोल्दै मन्त्री उप्रेतीले बाहुनडाँगीलाई पर्यटनको हवको रुपमा विकास गर्न कोशी प्रदेशले पहिलो पटक बजेट छुट्टाएको बताए । ‘यहाँको जंगल, संस्कृति र स्थानीय उत्पादनलाई पर्यटन र हात्तीसँग जोडेर बाहुनडाँगीलाई हवको रुपमा विकास गर्न सकिन्छ’, मन्त्री उप्रेतीले भने–‘हात्तीको सहअस्तित्वलाई हामीले स्वीकारेर यस्को व्यवस्थापनका लागि हात्तीको करिडोर निर्माण गछौँ । बाहुनडाँगीलाई ब्राण्डको रुपमा विकास गछौँ ।’

उनका अनुसार मानव–हात्तीबीचको द्वन्द समाधानका लागि बाहुनडाँगीका जनताले अव हात्तीलाई हेर्ने स्वाभाव बदल्नु पर्छ । यसलाई अभिषापको रुपमा होइन, अवसरको रुपमा हेर्न मन्त्रीको जोड थियो । कार्यक्रममा भारतमा पर्यटन गान्धीका रुपमा परिचित पर्यटन अभियन्ता राज बशुले पर्यावरण जोगाउँन सबैले विभिन्न प्रजातिका विरुवा रोप्न सके जीवनशैलीमा परिवर्तन हुने बताए ।

निकट भविश्यमा एसियन ग्रामिण पर्यटन महोत्सव काठमाडौँमा गर्ने तयारी गरिएको पर्यटन अभियन्ता राज बशुले जानकारी दिए । त्यसका लागि स्थानीय तह, प्रदेश र संघिय सरकारले पहल गर्नु पर्ने उनको भनाई छ । मेचीनगर नगरपालिकाको आयोजनामा भएको तरुल उत्सवको सहजिकरण वडा नम्बर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले गरेका थिए । आफ्नो मौलिक नेपाली परम्परालाई भुल्दै गएपछि स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्न पनि ‘तरुल उत्सव’को आयोजना गरिएको उनको भनाई छ ।

कार्यक्रममा धुलाबारी स्थित इष्ट होराइजन माविका विद्यार्थी, स्थानीय तथा भारतको बागडुग्रा र मिरिकबाट आएका कलाकारहरुले नित्य प्रस्तुत गरेका थिए । आइतबार र सोमबारसम्म सञ्चालन हुने तरुल उत्सवमा तरुलका विभिन्न प्रकारका खाद्य सामाग्री तथा स्थानीयस्तरमा उत्पादन गरिएका चिया, एभोकाडो, मह, अचार, घरेलु तानबाट बुनिएका उन, झोला, व्याच, बात्ती, ढाकाका कपडा लगायतका वस्तुहरु प्रदर्शनमा राखिएको छ ।

त्यस्तै चारआली स्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रको परामर्स स्टल पनि रहेको छ । उत्सवलाई बाहुनडाँगी जेसीज, पर्यटन कार्यलय काँकरभिट्टा, सहारा नेपाल र र्यापिड रेस्पोन्स टिमको सहकार्य रहेको छ । उत्सवमा रक्तदान, आँखा शिविर र चित्रकला समेत प्रदर्शनी हुनेछ । मेचीनगर सामाजिक विकास शाखा प्रमुख एवम् कार्यपालिका सदस्य ह्दय राजवंशीको अध्यक्षतामा आयोजित उत्सवको स्वागत उपमेयर मीना पोखरेल उप्रेतीले र सञ्चालन वडाध्यक्ष कार्कीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्