झापा, १३ जेठ । आसन्न काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको जेठ २६ मा हुने निर्वाचनका लागि उमेद्वारहरुले मनोनयन दर्ता गराएका छन् । आज संस्था परिसरमा पुगेर तीन वटा प्यानलका उमेद्वारहरुले मनोनयन दर्ता गराएका हुन् । काँकरभिट्टा खानेपानी उपभोक्ता स्वतन्त्र उमेद्वार समुह, प्रगतिशील लोकतान्त्रीक साझा प्यानल र प्रगतिशील समाजवादी प्यानलका उमेद्वारहरुले मनोनयन दर्ता गराएका हुन् ।
खानेपानी संस्था निर्वाचन समितिका अनुसार अध्यक्षमा तीन जनाको उमेद्वारी परेको छ । अध्यक्षमा रोहित कुमार बुढाथोकी, सन्तोष आचार्य र सुदर्शन खड्काको उमेद्वारी परेको हो । यसैगरी उपाध्यक्षमा कृष्ण सुवेदी, गोबिन्द गिरी र राजकुमार दाहालको उमेद्वारी परेको हो । सचिवमा दिलिपजंग सुब्बा, नरेन्द्र सिवाकोटी र विशाल तामाङ कोषाध्यक्षमा बिमला तामाङ, बिमला देवकोटा र सुधादेवी खड्काको उमेद्वारी दर्ता भएको हो ।
अन्य अधिकांश सदस्य पदमा तीन जनाको उमेद्वारी दर्ता भएको छ । लेखा समिति महिला सदस्य पदमा भने दुई जनाको मात्रै उमेद्वारी दर्ता भएको छ । यससँगै खानेपानी संस्थाको निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने निश्चित छ ।