रातोपोस्ट संवाददाता
झापा, ४ असार । झापाको मेचीनगरमा आज बिहान परेको चट्याङ लाग्दा एक जना महिला घाइते भएकी छन् ।
आज बिहान अन्दाजी ३ः०० बजेको समयमा मेचीनगर- १५ कालिकाझारमा हावाहुरीसहित आएको चट्याङले लाग्दा २१ वर्षीया रजिता हस्दा घाइते भएकी हुन् । उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको मेचीनगर-१५ का वडा अध्यक्ष गुणराज भट्टराईले जानकारी दिएका छन् । उनको कम्मरमुनि दुखेको र बोल्न सक्ने मध्यम अवस्था रहेको बताइएको छ ।