News Portal

काँकरभिट्टामा पुष्पलालको स्मृति दिवस

रातोपोस्ट संवाददाता
९६ पटक

झापा, ७ साउन । कम्युनिष्ट पार्टीको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औँ स्मृति दिवस आज काँकरभिट्टामा मनाइएको छ । नेकपा (एमाले) मेची नगर कमिटीले मेचीनगर-६ स्थित बिपी पुष्पलाल बाटिकामा पुष्पलालको स्मृति सभा गरेको हो । मेचीनगर कमिटीका अध्यक्ष राजु कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा पुष्पलाल श्रेष्ठको सालिकमा माल्यार्पण गरी उनको योगदानबारे चर्चा जिल्ला अध्यक्ष प्रेम गिरीले गरेका थिए ।

कार्यक्रममा नेकपा एमाले केन्द्रिय कमिटी सदस्य मीना उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो । नगरकमिटी उपाध्यक्ष कञ्चन तामाङले स्वागत गरेकाे कार्यक्रममा एमाले केन्द्रीय सल्लालकार परिषद सदस्य विष्णु प्रसाई, प्रदेश कमिटी सदस्य देवकुमार राई, प्रदेश कमिटीका पूर्व सदस्य श्रीप्रसाद मैनाली, नगर प्रमुख गोपालचन्द्र बुढाथाकी, रामचन्द्र उप्रेती लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चाल नगर कमिटी सचिव सागर ओलीले गरेका थिए ।

संस्थापक नेता पुष्पलालको स्मृति दिवसकै अवसर पारेर अनेरास्ववियु मेचीनगर नगर कमिटीले रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो । नेपालमा कम्युनिस्ट पार्टी मार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यसाथ नेकपा स्थापना गरेका श्रेष्ठको २०३५ साल साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन भएको थियो ।

प्रतिकृया दिनुहोस्