झापा, ३० साउन । प्रगतिशील युवा क्लव मेचीनगरको अध्यक्षमा विशाल कार्की चयन भएका छन् । क्लबको सोमबार सम्पन्न ७ औं साधारण सभाबाट कार्की अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
गत २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा झापा जिल्लाकै कान्छा जनप्रतिनिधिका रुपमा मेचीनगर नगरपालिका वडा नं.१० को वडा सदस्यमा निर्वाचित कार्कीले यसअघि पनि क्लबको नेतृत्व समालिसकेका छन् ।
त्यस्तै उपाध्यक्षमा दुर्गा खनाल र संजोग बराल, सचिवमा स्वीकृति खनाल, सह-सचिवमा कृष्मा पोखरेल र जस्मिन चुडाल तथा कोषाध्यक्षमा सुजन घिमिरे निर्वाचित भएका छन् । त्यसैरी सदस्यमा राकेश वि.क, आयुष्मा दाहाल, दिप्शिखा खरेल, नविन राजवंशी, सालिका सिटौला, दिपा कार्की, मिना कार्की र करुणा पोखरेल चयन भएका हुन् ।
क्लबका अध्यक्ष कविता कार्कीको अध्यक्षतामा भएको साधारणसभाको प्रमुख अतिथि संस्थाका संस्थापक सल्लाहकार हरीचरण बानिया रहेका थिए । उक्त अवसरमा सल्लाहकार मेदनी खनाल, अनिल पौडेल, रोश्नी खनाल, बलाराम चिमरिया र लक्ष्मि बजगाईंलाई सम्मान गरीएको थियो ।
साधारणसभाको उद्धघाटन समरोहमा कार्यक्रमका प्रमख अतिथि बानिया, संस्थापक अध्यक्ष राम बुढाथोकी, सल्लाहकार बलाराम चिमरिया र मेदनी खनाल, निवर्तमान अध्यक्ष विशाल कार्की लगायतले आ-आफना धारणा राखेका थिए । क्लवकी सदस्य स्वीकृती खनालले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव सुजन घिमिरेले गरेका थिए ।