News Portal

वन स्तरीय फुटल : चन्द्रगढी र ईराैटार सामुदायिक वन विजयी

रातोपोस्ट संवाददाता
२२२ पटक

झापा, १७ असाेज । झापाकाे मेचीनगर- ३ मा जारी प्रथम बहुवन तथा पाँचपोखरी सामुदायिक वन स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता अन्तरगत बिहिवार दुई खेल सम्पन्न भएका छन् । प्रतियोगितामा चन्द्रगढी सामुदायिक वन र इराैटार सामुदायिक वन विजय भएका छन् ।

पहिलो खेलमा चन्द्रगढी सामुदायिक वनले जामुनखाडी सामुदायिक वनलाई ५–२ को गोल अन्तरले हराउँदै क्वाटरफाइनलको यात्रा तय गरेको हो । जितका लागि सन्जीव गिरि र सन्देश भुजेलले २/ २ गाेल र कर्ण लिम्बू एक गोल गरेका थिए । प्रतियोगिताको म्यान अफ द म्याच सन्देश भुजेल भए । उनलाई चन्द्र दासले प्रदान गरेकाे नगद १ हजार र ट्रफी प्रदान गरिएको थियो । यसैगरी दोस्रो खेलमा ईराैटार सामुदायिक वनले थाेप्ले विरान सामुदायिक वनलाई ८ – ४ को गोल अन्तरले जित निकालेको थियो । जितका लागि ईराैटारका सराेज कार्की ४ गाेल, मनकुमार लिम्बू २ गाेल र अरुण मेचेले २ गाेल गरेका थिए । खेलको म्यान अफ द म्याच ईराैटारका सराेज कार्की भए । उनले मेगेन्द्र थापाले प्रदान गरेकाे नगद १ हजार र ट्रफी प्रदान गरिएको थियो ।

२४ गतेसम्म सन्चालन हुने प्रतियोगितामा विजेता टिमले नगद ६० हजार, ट्रफी र प्रमाण पत्र पाउनेछ भने उपविजेता हुने टिमले नगद ४० हजार, ट्रफी र प्रमाण पत्र पाउने छन्, भने विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुले समेत नगद र ट्रफी पाउने बहुवन सामुदायिक वनका सचिव सन्जु कार्की मगरले बताउनु भयाे ।

प्रतिकृया दिनुहोस्